शुक्रबार, वैशाख २८ गते २०८१

दीपक मनाङेलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गरे मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले

दीपक मनाङेलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गरे मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले

अखबार दैनिक
सोमबार, चैत ५ २०८०
  • दीपक मनाङेलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गरे मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले

    ५ चैत, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका दीपक मनाङेलाई समेत समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।

    images

    मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयकाे पनि जिम्मेवारी थपिएको छ ।

    मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी पत्र प्रदेश प्रमुखकाे कार्यालयमा पठाइसकेका छन् । नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो साढे तीन बजे राखिएको छ ।

    यसअघि भाैतिक पूर्वाधारमा माओवादीका रेशमबहादुर जुग्जाली र सामाजिकमा सुशीला सिम्खडा मन्त्री थिइन् । केन्द्रीय सत्ता समीकरण बदलिएसँगै फागुन २२ गते मुख्यमन्त्री पाण्डेले उनीहरूलाई बर्खास्त गरेका थिए । त्यसकाे भाेलिपल्ट माओवादीले सरकारबाट समर्थन फिर्ता लिएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ