शुक्रबार, वैशाख २८ गते २०८१

'सत्ताको लागि पानी बिनाको माछाझैँ नतड्पिन अनुरोध'  : सांसद चौधरी

'सत्ताको लागि पानी बिनाको माछाझैँ नतड्पिन अनुरोध'  : सांसद चौधरी

अखबार दैनिक
सोमबार, चैत ५ २०८०
  • 'सत्ताको लागि पानी बिनाको माछाझैँ नतड्पिन अनुरोध'  : सांसद चौधरी

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई गृहमन्त्री स्वीकार्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले आग्रह गरेका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै  सांसद चौधरीले रवि लामिछाने जनताको मत, विश्वास र इज्जतको कदर गर्दै गृहमन्त्री बनेको भन्दै गृहमन्त्रीको रुपमा स्वीकार्न आँट गर्न आग्रह गरेका हुन् । 

    images

    कांग्रेसका सांसदहरुलाई  जवाफ दिँदै सांसद चौधरीले अरुलाई औँला देखाउनुअघि आफैँतिर फर्किएका औँलाहरु हेर्न आग्रह गरेका हुन ।

    उनले भने– ‘सत्ताको लागि पानी बिनाको माछाझैँ नतड्पिन म माननीयजीहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु । माननीय रवि लामिछानेमाथि भएको जनताको मत, विश्वासको, इज्जत र कदर गरौँ र सोही विश्वासलाई कायम गर्न आएको रुपमा उहाँलाई उपप्रधान तथा गृहमन्त्रीको रुपमा स्वीकार गर्न आँट गरौँ । किनकी देशमा सुशासन त कायम गर्नैपर्छ । आफू भलो त जगत भलो भनेझैँ अरुलाई औँला देखाउनुभन्दा पहिला आफैँतर्फ फर्र्किएका औँलाहरु हेर्न सुझाव दिन चाहन्छु ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ