शुक्रबार, वैशाख २८ गते २०८१

‘विदेशबाट पाउडर ल्याएर कमिसन खानलाई सरकार मग्न छ’ : सांसद देवप्रसाद

‘विदेशबाट पाउडर ल्याएर कमिसन खानलाई सरकार मग्न छ’ : सांसद देवप्रसाद

अखबार दैनिक
सोमबार, चैत ५ २०८०
  • ‘विदेशबाट पाउडर ल्याएर कमिसन खानलाई सरकार मग्न छ’ : सांसद देवप्रसाद

    ५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सनाले विदेशबाट पाउडर ल्याएर कमिसन खान सरकारले दूध किसानको भुक्तानी नगरेको आरोप लगाएका छन् ।

    images

    सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘विदेशबाट पाउडर ल्याएर कमिसन खानलाई सरकार मग्न छ’ उनले भने ।

    कांग्रेस सांसद तिमिल्सनाले प्रतिपक्षमा रहँदा ज्वालाकुमारी साहले दूध किसानले भुक्तानी नपाएको भनी कुरा उठाएको तर कृषि तथा पशुपंक्षी विकासमन्त्री भएपछि त्यस सम्बन्धमा पहल नलिएको पनि बताएका छन् ।

    उनले भने ‘प्रतिपक्षमा हुँदा आवाज उठाउनुभएको थियो । अहिले कृषिमन्त्री भएको १० दिन भइसक्यो । कहिले पाउने हो दूध किसानले भुक्तानी ?’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ