शनिबार, जेठ ५ गते २०८१

एक सातामा १५ सयले घट्यो सुनको भाउ

एक सातामा १५ सयले घट्यो सुनको भाउ

अखबार दैनिक
सोमबार, चैत ५ २०८०
  • एक सातामा १५ सयले घट्यो सुनको भाउ

    ५ चैत , काठमाडौं । आइतबार तोलामा ४ सय रुपैयाँ घटेको सुन सोमबार थप ५ सय रुपैयाँ घटेको छ । आइतबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा सोमबार १ लाख २४ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    उच्च रेकर्ड बनाएपछि सुनको मूल्य क्रमिक रुपमा ओरालो लागेको छ । ७ दिनमा तोलामा १५ सय रुपैयाँले मूल्य घटेको छ । गत सोमबार र मंगलबार तोलाको १ लाख २६ हजार रुपैयाँमा कारोबार भई हालसम्मकै उच्च मूल्य रेकर्ड बनेको थियो । त्यसयता मूल्य क्रमिक रुपमा झरेको छ ।

    चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । महासंघका अनुसार अघिल्लो दिन तोलाको १५३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५२० रुपैयाँमा कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार