शनिबार, वैशाख २२ गते २०८१

देशभर ४८ लाख ८१ हजार ५४४ बालबालिकाले लगाए दादुराको खोप

देशभर ४८ लाख ८१ हजार ५४४ बालबालिकाले लगाए दादुराको खोप

अखबार दैनिक
आइतबार, चैत ४ २०८०
  • देशभर ४८ लाख ८१ हजार ५४४ बालबालिकाले लगाए दादुराको खोप

    काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म ४८ लाखभन्दा बढी बालबालिकाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये अहिलेसम्म करिब ४८ लाख ८१ हजार ५४४ ले खोप लगाएका हुन् । 

    images

    देशभर ८५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । 

    देशभरका ती बालबालिकामध्ये ५ देखि १५ वर्ष मुनिका ३६ लाख १२ हजार ३१० र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका २१ लाख ३० हजार ६८३ बालबालिकालाई दादुरा–रुबेला खोपमा लगाइँदै छ । 

    देशव्यापीरुपमा दादुरा–रुबेला खोप अभियान गत फाल्गुन १३ देखि चैत्र ७ गतेसम्म जारी रहने छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार