शनिबार, वैशाख १५ गते २०८१

पोखराको लेकसाईड अवस्थित होटल हिडन किङ्गडम दोस्रो वर्षमा प्रवेश

पोखराको लेकसाईड अवस्थित होटल हिडन किङ्गडम दोस्रो वर्षमा प्रवेश

अखबार दैनिक
आइतबार, चैत ४ २०८०
  • पोखराको लेकसाईड अवस्थित होटल हिडन किङ्गडम दोस्रो  वर्षमा प्रवेश

    चैत्र ४ पोखरा । पोखरा लेकसाईडको स्ट्रीट नं ९ A  मा अवस्थित होटल हिडन किङ्गडम दोस्रो  वर्षमा प्रवेश गरेको छ । दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा होटलका व्यवस्थापक रमेश घिमिरेले सम्पूर्ण सेवाग्राही र होटलमा कार्यरत कर्मचारीहरुमा कृतज्ञता प्रकाट गर्नुभयो । 

    images

    उहाँले छोटो समयमा पाएको सेवाग्राहीको माया र साथले गर्दा आगामि दिनमा थप व्यवस्थित र राम्रो गर्दै सेवाग्राहीहरुको सेवामा निरन्तर लागरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । पोखरा लकेसाईड को शान्त वातावरण मा रहेको थ्री स्टार होटल हिडन किङ्गडम मा सुपर डिलक्स,सुइट र अर्पाटमेन्ट गरि जम्मा ४२ वटा कोठा रहेको छ । एक सय जना क्षमता सहितको सेमिनार हल ओपेन टेरेस तथा स्पा पनि रहेको छ । चौविसै घण्टा तातो चिसो पानीका साथै सबै कोठाहरु मा कौशी पनि रहेको छ । 

    त्यस होटलका सबै कोठाहरु बाट माछापुछ्रे, अन्नपूर्णहिमश्रृङखलाहरु का साथै रानिवन देख्न सकिन्छ । यहाँ विभिन्न खानाका परिकारहरु का ओपन किचन र ६० क्षमता भएको रेष्टुरेन्ट पनि उपलब्ध छ । साथै अनुभवि कर्मचारी बाट पाहुनाहरुलाई स्वागत तथा आतिथ्यता सत्कार गरिने होटलले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार