काठमाडौंको हनुमान ढोकाको वसन्तपुरमा लिंगो सहित रंगी विरंगी चीर ठड्याइए सँगै यो वर्षको होली पर्व शुरु भएको छ।
आज बिहान ७ : ४५ बजेको शुभ मुहुर्तमा वसन्तपुरमा चीर ठड्याइएको हो। चीर ठड्याइएपछी विधिवता रुपमा होलीको शुरुवात भएको मानिन्छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन विभिन्न रङ्गका कपडाका ध्वजा पतकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि होली पर्व शुरु भएको मानिन्छ ।