शनिबार, वैशाख १५ गते २०८१

कपनबाट ‘भक्तपुरमा जान्छु’भनेर हिँडेकी युवतीको पशुपतिमा शव फेला

कपनबाट ‘भक्तपुरमा जान्छु’भनेर हिँडेकी युवतीको पशुपतिमा शव फेला

अखबार दैनिक
शुक्रबार, चैत २ २०८०
  • कपनबाट ‘भक्तपुरमा जान्छु’भनेर हिँडेकी युवतीको पशुपतिमा शव फेला

    काठमाडौं । कपनबाट हराएकी १९ वर्षीया युवती सुस्मिता थापा पशुपतिको जङ्गलमा मृत फेला परेकी छिन् । पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकैको जङ्गलमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । उनी सिन्धुलीको कमलामाई नगरपालिका– १ घर भई हाल कपनमा बस्दै आएकी थिइन् ।

    images


    गौशाला प्रहरी वृत्तका डीएसपी केशव थेवेले भने, ‘शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो । आफन्त (दाजु)आएर शवको सनाखत गरिसकेका छन् ।’ शुक्रबार बिहान मर्निङवाकमा गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थेवेले बताए ।

    प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको जस्तो देखिने उनले बताए । उनले दाजुलाई भक्तपुरमा रहेका आफन्तकोमा जान्छु भनेर हिँडेको पाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार