शनिबार, जेठ ५ गते २०८१

अष्ट्रेलियाका युवा हिटरले दिल्लीबाट आईपीएल खेल्ने

अष्ट्रेलियाका युवा हिटरले दिल्लीबाट आईपीएल खेल्ने

अखबार दैनिक
शुक्रबार, चैत २ २०८०
  • अष्ट्रेलियाका युवा हिटरले दिल्लीबाट आईपीएल खेल्ने

    २ चैत, काठमाडौं । अष्ट्रेलिया युवा हिटर ज्याक फ्रेजर म्याकगुर्कले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ दिल्ली क्यापिटल्सबाट खेल्ने भएका छन् । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुंगी एनगिडी ब्याक पेनका कारण प्रतियोगिताबाट बाहिरिएपछि दिल्लीका मुख्य प्रशिक्षक रिकी पोन्टिङले फ्रेजरलाई मौका दिएका छन् ।

    images

    २१ वर्षीय उनी आक्रामक ब्याटर हुन् । घरेलु क्रिकेटमा लगातार सानदार प्रदर्शनपछि अष्ट्रेलियाले गत फेब्रअरीमा वेस्टइन्डिजविरुद्ध ओडीआई खेलमा डेब्यू दिएको थियो । आफ्नो दोस्रो ओडीआई खेलमा उनले १८ बलमा ५ चौका र ३ छक्कासहित ४१ रनको आक्रामक इनिङ खेलेका थिए । उनलाई दोस्रो ग्लेन म्याक्सवेल पनि भन्ने गरिन्छ । मेलबर्न रेनेगर्ड्सबाट यस पटकको बिग ब्यास लिगमा उनले ८ इनिङमा २५७ रन बनाएका थिए ।

    युएईमा अघिल्लो महिना सम्पन्न इन्टरनेशल लिग टी–२० क्रिकेटमा उनले दिल्लीको स्वामित्व भएको दुबै क्यापिटल्सबाट खेल्दै राम्रो प्रभाव छाडेका थिए । मार्श वान डे कपमा उनले २९ बलमै शतक हानेका थिए । जुन ५० ओभर क्रिकेट इतिहासकै सर्वांधिक छिटो शतक थियो ।

    इंग्लिस ब्याटर ह्यारी ब्रुकले हजुरआमाको मृत्युको कारण नाम फिर्ता लिएका छन् । फ्रेजरसँगै मिचेल मार्श, डेविड वार्नर र झेय रिचर्ड्स पनि दिल्लीको टोलीमा छन् । आईपीएल चैत ९ देखि भारतमा सुरु हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार