शनिबार, जेठ ५ गते २०८१

लिभरपुल युरोपा लिगको क्वार्टरफाइनलमा

लिभरपुल युरोपा लिगको क्वार्टरफाइनलमा

अखबार दैनिक
शुक्रबार, चैत २ २०८०
  • लिभरपुल युरोपा लिगको क्वार्टरफाइनलमा

    काठमाडौं । लिभरपुल युरोपा लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पार्टा प्रागलाई ६–१ गोल अन्तरले हराउँदै लिभरपुल अन्तिम ८ मा प्रवेश गरेको हो । 

    images

    लिभरपुल समग्रमा ११–२ को नतिजा सहित क्वार्टरफाइनल पुगेको हो । चेक रिपब्लिक क्लब दुवै लेगको खेलमा निरिह रह्यो । 

    लिभरपुलले पहिलो हाफमै ४–१ को अग्रता बनाएको थियो । डार्विन नुनेजले सातौं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । लगत्तै बोबी क्लार्कले लिभरपुलको अग्रता दोब्बर बनाउने काम गरे । 

    त्यसका दुई मिनेटमा मोहमद सलाहाले लिभरपुलका लागि तेस्रो गोल गरे । खेलको १४ औं मिनेटमा कोडी गाक्पोले लिभरपुललाई ४–० ले अघि बढाएका थिए । निर्धारित समयको खेल सकिन तीन मिनेट अघि प्रागका वेल्ज्को बिरमान्सविकले एक गोल फर्काए । 

    दोस्रो हाफको तेस्रो मिनेटमा डोमिनिक स्लोबोस्जलाईले लिभरपुलका लागि पाँचौं गोल गरेका थिए । गाक्पोले खेलको ५५ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ६–१ को शानदार जित दिलाए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार