आइतबार, मंसिर २ गते २०८१

सुन तस्करीमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस

सुन तस्करीमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस

अखबार दैनिक
शुक्रबार, चैत २ २०८०
  • सुन तस्करीमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस

    सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

    images

    महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार प्रतिवेदन बुझ्दै यसमा समावेश विषयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ