आइतबार, मंसिर २ गते २०८१

नेपाल जुन चीजमा धनी छ, त्यसकै उत्पादन महङ्गो छ : प्रभु साह

नेपाल जुन चीजमा धनी छ, त्यसकै उत्पादन महङ्गो छ : प्रभु साह

अखबार दैनिक
बिहीबार , चैत १ २०८०
  • नेपाल जुन चीजमा धनी छ, त्यसकै उत्पादन महङ्गो छ : प्रभु साह

    १ चैत, काठमाडौं । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले नेपाल जुन चीजमा धनी छ त्यसकै उत्पादन महङ्गो रहेको बताएका छन् । ‘हामी जुन चीजमा धनी छौं, यहाँ त्यसकै उत्पादन महङ्गो छ’ उदाहरण दिँदै सांसद साह भन्छन्, ‘नेपालमा उखु जति पनि छ तर, यहाँ चिनी महङ्गो छ ।’

    images

    बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रश्न गरे, ‘जुन देशमा उखु छैन त्यही देशमा चिनी सस्तो हुने, जहाँ उखुको भण्डार छ त्यो देशमा चिनीको हाहाकार हुने ? महङ्गो हुने ?’

    नेपाल जंगलै जंगलको देश भएको तर, विदेशी काठ अयात गर्नुपर्ने वा आउने अवस्था रहेको भन्दै उनले सरकार गम्भीर बन्नुपर्ने बताए ।  ‘सरकार के को लागि ? राज्य के को लागि भन्ने प्रश्न छ ।’

    देशलाई अगाडि बढाउन नसक्ने नेतृत्वलाई कुर्सी ओगटेर बस्ने छुट नरहेको पनि उनले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ