शनिबार, वैशाख २२ गते २०८१

७० वर्षदेखि ७ फिट लामो फलामे फोक्सोको साहराले बाँचिरहेका पोलियो सर्भाइभरको मृत्यु

७० वर्षदेखि ७ फिट लामो फलामे फोक्सोको साहराले बाँचिरहेका पोलियो सर्भाइभरको मृत्यु

अखबार दैनिक
बिहीबार , चैत १ २०८०
  • ७० वर्षदेखि ७ फिट लामो फलामे फोक्सोको साहराले बाँचिरहेका पोलियो सर्भाइभरको मृत्यु

    एजेन्सी । पोलियो पल भनेर चर्चित पल अलेक्जेन्डरको मृत्यु भएको छ । सन् १९५२ मा पोलियोको आक्रमण पछि पक्षघात भएका पल आफ्नो टाउको, घाँटी र मुख बाहेक शरीरका कुनै पनि अंग हलचल गर्न सक्दैथे ।

    images

    सास फेर्न समस्या भएपछि डाक्टरहरूले उनको शरीरलाई ७ फिट लामो फलामको फोक्सोभित्र राखेका थिए । यही यन्त्रको सहायताले उनी ७० वर्षदेखि बचिरहेका थिए । पलको लागि पैसा उठाइदिने गोफन्डमिले आफ्नो पेजमा मंगलबार उनको निधनको पूष्टि गरेको छ ।

    पोष्टका अनुसार सोमबार पलको निधन भएको छ । ‘फलामको फोक्सोमा बाँचिरहेका पुरुष पल अलेक्जेन्डरको निधन भएको छ । बालकमै पोलियो भएका उनी ७० वर्षदेखि फलामे फोक्सोको सहायताले बाँचिरहेका थिए ।’ पोष्टमा भनिएको छ ।

    पोलियो भएर बाँचेका कयौं बिरामीहरूमा फलामको फोक्सो जडान गरिएको थियो । तीमध्ये कोही पनि धेरै बाँचेनन् । तर पल भने दशकौं बाँचे । यस अवधिमा पल कलेज गए, वकिल भए अनि पुस्तक पनि निकाले । पलको नाम गिनिज वल्र्ड रेकर्डमा पनि दर्ता छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार