शनिबार, जेठ ५ गते २०८१

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अखबार दैनिक
बिहीबार , चैत १ २०८०
  • फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । आज सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँको वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज तोलामा ८०० रुपैयाँले बढेर कारोबारमा आएको हो ।

    images

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार २०० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार र १ लाख २४ हजार ४०० रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा १५ सय १५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम थियो । यो प्रतितोला ५० रुपैयाँको वृद्धि हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार