शुक्रबार, मंसिर ७ गते २०८१

सिटिजन्स बैंकले सार्वजनिक गर्यो २०८१ सालको क्यालेन्डर

सिटिजन्स बैंकले सार्वजनिक गर्यो २०८१ सालको क्यालेन्डर

अखबार दैनिक
बुधबार, फागुन ३० २०८०
  • सिटिजन्स बैंकले सार्वजनिक गर्यो २०८१ सालको क्यालेन्डर

    आज बैंकमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले विभिन्न ऋतुमा फुल्ने सुन्दर फूललाई विषयवस्तु मानेर सिर्जना गरिएको क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

    images

    सो समारोहमा नायब कार्यकारी अधिकृतहरु र व्यवस्थापन कार्यकारी समितिमा रहेका प्रमुखहरुको सहभागिता रहेको थियो । बैंकले विभिन्न सिजनमा फुल्ने फूल विषयवस्तु राखेर प्रकृतिको महिमाको स्पर्श ल्याउने लक्ष्यले क्यालेन्डर सार्वजनिक गरेको हो ।

    बैंकले वसन्त ऋतुमा फुल्ने फूलको उज्यालो रंगहरूदेखि शिशिर ऋतुमा फुल्ने फूलहरुको शान्त लालित्यसम्म गरि नव वर्ष २०८१ सुन्दर बनोस् भन्ने परिकल्पना गरेको छ । समरोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलज्यूले फूल विषयवस्तु समावेश गरिएको क्यालेन्डर आगामी वर्षभरि प्रेरणा, आनन्द, माया, स्पन्द र आशाको स्रोत बन्ने छ भन्ने विश्वास व्यक्त गरे ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वाट जिल्लामा सेवा प्रदान गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ