काठमाडौं । नेपाली कांग्रेसका सांसद एवमं महामन्त्रि विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई ०७९ को निर्वाचनमा गठबन्धन भन्दै भोट मागेका जनतालाई अब के जवाफ दिने भनेर प्रश्न गरेका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा बोल्दैँ सांसद शर्माले जनताले केन्द्रको गठबन्धनमा के भयो भनेर प्रश्न गर्दा के उत्तर दिने भनी प्रश्न गरेका हुन् ।
सांसद शर्माले भने, ‘प्रधानमन्त्री ज्यू सँगै भोट माग्न हिनेका तपाई हाम्रा साथीहरूलाई केन्द्रको गठबन्धन के भयो भन्दा क्रान्तिकारी उथलपुथल भयो भनौँ । ’ सांसद शर्माले विश्वासको मत नै नलिई प्रधानमन्त्रीले प्रदेश प्रमुख बर्खास्त गरेर बहादुरी देखाएको बताए ।