सोमबार, वैशाख २४ गते २०८१

चीनको हुबेई प्रान्तमा विष्फोट, एक जनाको मृत्यु, २२ घाइते

चीनको हुबेई प्रान्तमा विष्फोट, एक जनाको मृत्यु, २२ घाइते

अखबार दैनिक
बुधबार, फागुन ३० २०८०
  • चीनको हुबेई प्रान्तमा विष्फोट, एक जनाको मृत्यु, २२ घाइते

    ३० फागुन, काठमाडौं । चीनको हुबेई प्रान्तमा भएको विष्फोटमा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

    images

    बुधबार बिहान स्थानीय समय अनुसार ७ बजेर ५४ मिनेट जाँदा हुबेई प्रान्तको सान्हे शहरस्थित यान्जियाओमा रहेको एक भोजनालयमा विष्फोट भएको थियो ।

    चिनियाँ अधिकारीहरुले  चिकेन सपमा ग्यास लिक भएर विष्फोट भएको र सो विष्फोटमा परी एक जनाको मृत्यु भएको जानकारी दिएको ग्लोबल टाइम्सले जनाएको छ ।

    ग्लोबल टाइम्सले सेयर गरेको विष्फोटको भिडियोमा आगो र धुवाँको मुस्लो उठेको देखिन्छ । घटना लगत्तै आपत्कालीन सेवाको टोली विष्फोटस्थलमा परिचालित भएको थियो । घाइतेहरुको उपचार अस्पतालमा जारी छ ।

    चाइना डेलीका अनुसार घटनास्थलमा ३६ वटा दमकल र १५४ जना अग्नि नियन्त्रक परिचालित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ