शनिबार, जेठ ५ गते २०८१

सुनको भाउ बुधबार तोलाको १ हजारले  घट्यो

सुनको भाउ बुधबार तोलाको १ हजारले  घट्यो

अखबार दैनिक
बुधबार, फागुन ३० २०८०
  • सुनको भाउ बुधबार तोलाको १ हजारले  घट्यो

    ३० फागुन, काठमाडौं । मंगलबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बुधबार तोलाको १ हजार घटेको छ । हिजो प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख २५ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    नेपाली बजारमा १६ महिनामा सुनको मूल्य प्रतितोला करिब ३२ हजार बढेको छ । १७ कात्तिक २०७९ मा प्रतितोला ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । विगत २६ दिनमा सुनको मूल्य ८ हजार ५ सय रुपैयाँ बढेको देखिन्छ । फागुन ३ गते सुनको भाउ तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ थियो ।

    महासंघका अनुसार बुधबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँ रहेको चाँदी बुधबार १ हजार ४ सय ६५ मा झरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार