शनिबार, जेठ ५ गते २०८१

फाइनल खेलमा नेपाल र पपुवा भिड्ने

फाइनल खेलमा नेपाल र पपुवा भिड्ने

अखबार दैनिक
मंगलबार, फागुन २९ २०८०
  • फाइनल खेलमा नेपाल र पपुवा भिड्ने

    काठमाडौं । हङकङ टी २० सिरिजको उपाधि भिडन्तमा नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्ने भएको छ । फाइनल खेलभोलि नेपाली समयअनुसार पौने १२ बजे सुरू हुनेछ ।

    images

    मंगलबार भएको दोस्रो खेलमा पीएनजीले घरेलु टोली हङकङलाई १० विकेटले पराजित गरी फाइनलमा नेपालसँग भिड्ने टुंगो लगाएको हो । यसअघि नेपालले पीएनजीलाई पराजित गर्दै फाइनलमा पुगेको छ । नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले अंक बाढेको थियो ।

    लिग चरणको खेल सकिँदा नेपाल ३ अंकका साथ शीर्ष स्थानमा छ । दुई अंक जोडेको पीएनजी दोस्रो स्थानमा छ । १ अंक पाएको हङकङ तेस्रो स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार