सोमबार, वैशाख २४ गते २०८१

पाकिस्तानमा आवासीय भवन भत्किँदा एकै परिवारका सातसहित ९ जनाको मृत्यु

पाकिस्तानमा आवासीय भवन भत्किँदा एकै परिवारका सातसहित ९ जनाको मृत्यु

अखबार दैनिक
मंगलबार, फागुन २९ २०८०
  • पाकिस्तानमा आवासीय भवन भत्किँदा एकै परिवारका सातसहित ९ जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

    images

    उक्त तीनतले भवन मङ्गलबार बिहानै भत्केको जानकारी पाउँनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले सिन्ह्वालाई बताएका छन् ।

    घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उनले जानकारी दिए । मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेको उल्लाहले बताए । भवन भत्किनुको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ