काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।
मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा उनले सो प्रस्ताव प्रस्तुत गरेका हुन् । काँग्रेस सांसद शर्माले २०२४ सालदेखि नै नेपालको राजनीतिक गतिविधिमा संलग्न भएकाले उहाँलाई सो पदमा निर्वाचित गराउन उपयुक्त हुने सांसद ढुंगानाको भनाइ थियो
यस्तै बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले गठबन्धन दलका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत भएपछि राष्ट्रियसभाले नयाँ अध्यक्ष पाउनेछ ।