शनिबार, जेठ ५ गते २०८१

देवदहमा क्लोथ बैङ्क सञ्चालन

देवदहमा क्लोथ बैङ्क सञ्चालन

अखबार दैनिक
मंगलबार, फागुन २९ २०८०
  • देवदहमा क्लोथ बैङ्क सञ्चालन

    देवदह । क्लोथ एन्ड फूड बैङ्क रुपन्देहीको देवदहमा सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमकाबीच देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, उप प्रमुख विद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले संयुक्त रूपमा क्लोथ बैंकको उद्घाटन गरे ।

    images

    कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले क्लोथ बैंकमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न मिल्ने बताए । क्लोथ एन्ड फुड बैङ्क नेपालको आयोजना र देवदह नगरपालिकाको सहकार्यमा क्लोथ बैंकको स्थापना गरिएको हो ।

    उपप्रमुख गुरुङले मानवीय सेवा गर्ने उद्देश्यका साथ यो क्लोथ बैंकको सुरुवात यस नगरपालिकामा पनि गर्न पाएकोमा क्लोथ बैङ्क परिवार प्रति आभार प्रकट गरिन् ।

    त्यस्तै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले कार्यक्रममा बोल्दै प्रयोगमा नआएका कपडा जति पनि प्राप्त हुन्छन्, ती कपडाहरूलाई पुनः प्रशोधन गरी प्रयोगमा ल्याउन मिल्ने गरी उपलब्ध हुने हुनाले यो कार्य निकै प्रसंसनीय रहेको बताए ।

    क्लोथ एन्ड फूड बैङ्क नेपालले प्रयोगमा नआएका घरमा यत्तिकै रहिरहेका लत्ता कपडा संकलन गरी पुनः प्रशोधन गरेर आवश्यक पर्नेहरूका लागि निःशुल्क वितरण गर्ने जनाएको छ। क्लोथ एन्ड फूड बैङ्क नेपालका अध्यक्ष कमल जिसीले देशका सातै प्रदेशमा यो अभियान सञ्चालन हुने बताए । देशभरका स्थानीय सरकार तथा विभिन्न संघ-संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान समेत गरे।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार