शनिबार, जेठ ५ गते २०८१

सुनको मूल्य तीन दिनदेखि स्थिर

सुनको मूल्य तीन दिनदेखि स्थिर

अखबार दैनिक
मंगलबार, फागुन २९ २०८०
  • सुनको मूल्य तीन दिनदेखि स्थिर

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै हिजो सोमबारकै मूल्यमा कारोबार भइरहेको जानकारी दिएको हो ।

    images

    आज छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ कायम छ । यो मूल्य आइतबार र सोमबार पनि कायम थियो । सुनको मूल्य स्थिर रहेर कारोबारमा आएको यो लगातार तेस्रो दिन हो ।

    यस्तै, आज चाँदीको मूल्यमा भने वृद्धि आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । यससँगै, चाँदीको कारोबार मूल्य तोलामा १४ सय ८५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार