शनिबार, जेठ ५ गते २०८१

न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा

न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा

अखबार दैनिक
मंगलबार, फागुन २९ २०८०
  • न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा

    काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । 

    images

    हङकङमा जारी टी-२० सिरिज अन्तर्गत नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो ।

    पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । टोनी उरा १३ र सेसे बाउ २१ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार