शनिबार, जेठ ५ गते २०८१

चौथो मञ्जुश्री ट्रेल रेस चैत २३ गते, सहभागिताका लागि दर्ता खुल्यो

चौथो मञ्जुश्री ट्रेल रेस चैत २३ गते, सहभागिताका लागि दर्ता खुल्यो

अखबार दैनिक
सोमबार, फागुन २८ २०८०
  • चौथो मञ्जुश्री ट्रेल रेस चैत २३ गते, सहभागिताका लागि दर्ता खुल्यो

    काठमाडौँ । चौथो मञ्जुश्री ट्रेल रेस आगामी चैत २३ गते आयोजना हुने भएको छ । एसिया ट्रेल मास्टर्सको छनोट प्रतियोगिताका रुपमा रहेको चौथो संस्करण मञ्जुश्री ट्रेल रेसको दर्ता खुलेको पनि आयोजकले जनाएको छ ।

    images

    मञ्जुश्री ट्रेल रेसको एक सय माइल र एक सय किलोमिटर दूरीको स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने पाँचजनालाई एसिया ट्रेल मास्टर्समा सहभागी गराइने छ । त्यसैले मञ्जुश्री ट्रेल रेसमा चीन, फ्रान्स लगायतका देशबाट पनि उल्लेख्य सङ्ख्यामा खेलाडीले भाग लिने आयोजकले जनाएको छ ।

    हालसम्म विभिन्न १० राष्ट्रका एक सय ३० जना खेलाडीले सहभागिताको फारम भरिसकेका छन् । मञ्जुश्री ट्रेल रेसको आयोजना ’मञ्जुश्री ट्रेल रेस’ नामक गैरसरकारी संस्थाले गरेको हो ।

    नेपाल सरकारको सहयोगमा आयोजना हुन लागेको पर्वतीय खेल महोत्सवका विभिन्न आधिकारिक खेलमध्ये ट्रेल रनिङका लागि मञ्जुश्री ट्रेल रेसलाई अनुबन्धित गरिएको जानकारी संस्थाका अध्यक्ष सुवास थापाले दिए ।

    मञ्जुश्री ट्रेल रेसले हरेक वर्ष रेस आयोजना गर्दै आएको छ । सन् २०२३ को रेसमा ६७ नेपाली र २१ विदेशी गरी कुल ८८ जना प्रतियोगी सहभागी थिए । यसपटक रेसमा सहभागी हुन इच्छुकले मञ्जुश्री ट्रेल रेसको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सकिने आयोजकले जनाएको छ ।

    विश्वकै चर्चित धावक लिजि हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रुटको परिकल्पना गरेका थिए । त्यसयता उनीहरूले निजी पहलमै सन् १०१६ मा यो रुट छिचोलेका थिए । जिमी ओस्त्रोम, राज प्रधान, नारायण आचार्य लगायतले पटक–पटक गरी ट्रेलको वैकल्पिक रुटहरूसहित नक्साङ्कन गरेका थिए ।

    विभिन्न चरणमा एक सय ७० किलोमिटर दूरीको यो रुट पूर्णरुपमा निर्धारण गर्न करिब तीन वर्ष लागेको आयोजकले जनाएको छ । हाल आएर यो रुटका विभिन्न संघ सस्थालगायतले साइलिङ र  हाइकिङ पनि सञ्चालन गर्दै आएका छन् ।

    फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरुको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आईटीआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने संस्था यूटीएमबीको सम्बन्धन प्राप्त भएकाले पनि मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा निकै महत्वका साथ हेरिन्छ ।

    एक सय ७० किलोमीटर रेसमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउने छन् । एक सय सय किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

    यसैगरी ५० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । केभीआर–१०० स्टेज रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार हात पार्ने आयोजकले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार