शनिबार, जेठ ५ गते २०८१

ओलिम्पकको एसियाली छनोट खेल्न तेक्वान्दो टोली चीन जाँदै

ओलिम्पकको एसियाली छनोट खेल्न तेक्वान्दो टोली चीन जाँदै

अखबार दैनिक
आइतबार, फागुन २७ २०८०
  • ओलिम्पकको एसियाली छनोट खेल्न तेक्वान्दो टोली चीन जाँदै

    काठमाडौँ । फ्रान्सको पेरिसमा हुने ओलिम्पक तथा पारालिम्पक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोको दुई टोली चीन जाने भएको छ । छनोट प्रतियोगिता मार्च १५ देखि १७ तारिखसम्म चीनको ताइयाङमा हुँदैछ ।

    images

      पेरिस ओलम्पिकको छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीमुनि वीरबहादुर महरा तथा महिला ४९ केजीमुनि अन्जली तामाङ र ६७ केजीमुनि इन्दिरा बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रत्येक तौल समूहमा पहिलो र दोस्रो हुने खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुने छन् ।

    प्रशिक्षकमा टीकाप्रसाद लिम्बू छन् । छनोट मार्च १५ र १६ तारिखमा हुनेछ । त्यसका लागि टोली सोमबार चीन प्रस्थान गर्दै छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार