काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी राजदूत डिआर थम्प्सनबीच आइतबार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।
नयाँ जिम्मेवारी पाएसँगै विभिन्न देशका राजदूतहरूसँग श्रेष्ठको भेटघाट भइरहेको छ । यसअघि परराष्ट्रमन्त्रीसँग भारतीय र चिनियाँ राजदूतले भेट गरिसकेका छन् ।