सोमबार, मंसिर ३ गते २०८१

राप्रपाको केन्द्रीय कार्यालयमा कुटाकुट, पूर्वएआईजीसमेत रहेका नेता ठाकुरमोहन कुटिए

राप्रपाको केन्द्रीय कार्यालयमा कुटाकुट, पूर्वएआईजीसमेत रहेका नेता ठाकुरमोहन कुटिए

अखबार दैनिक
आइतबार, फागुन २७ २०८०
  • राप्रपाको केन्द्रीय कार्यालयमा कुटाकुट, पूर्वएआईजीसमेत रहेका नेता ठाकुरमोहन कुटिए

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा कुटाकुट भएको छ। राप्रपाका नेता तथा पूर्वएआईजीसमेत रहेका ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै आक्रमण भएको हो।

    images

    आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता श्रेष्ठमाथि कुटपिट भएको बैठकमा सहभागी एक नेताले नेपाल लाइभलाई जानकारी दिए। खाना खाने समय भएको भन्दै बैठक स्थगित गरेको समयमा नेता श्रेष्ठमाथि आक्रमण भएको थियो।

    अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्ष बाहिर श्रेष्ठमाथि आक्रमण भएको थियो। बैठकमा नेता श्रेष्ठले अर्का नेता विक्रम पाण्डेलाई भ्रष्टाचारी भएको आरोप समेत लगाएका थिए। त्यसपछि दुई पक्षबीच भनाभन समेत भएको थियो। बैठक स्थगित भएर बाहिर निस्कँदै गर्दा नेता श्रेष्ठमाथि आक्रमण भएको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ