बिहीबार , वैशाख २७ गते २०८१

फिल्म ‘यो मन त मेरो नेपाली हो’को दोस्रो  चरणको छायांकन सुरु

फिल्म ‘यो मन त मेरो नेपाली हो’को दोस्रो  चरणको छायांकन सुरु

अखबार दैनिक
आइतबार, फागुन २७ २०८०
  • फिल्म ‘यो मन त मेरो नेपाली हो’को दोस्रो  चरणको छायांकन सुरु

    काठमाडौँ । फिल्म ‘यो मन त मेरो नेपाली हो’को दोस्रो  चरणको छायांकन सुरु भएको छ । आठ देशका कलाकारहरूलाई लिएर फिल्मको दोस्रो चरणको छायांकन सुरु गरिएको निर्माण युनिटले जनाएको छ ।

    images

    फिल्मको दोस्रो चरणको छायांकनमा भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया ,जर्मनी, साउथ अफ्रिका लगायतका देशका कलाकारहरूको अभिनय रहने छ । फिल्मको तेस्रो चरणको छायांकन भने क्यानडामा हुनेछ ।

    अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर)को  निर्देशन रहेको फिल्मका ज्ञान बहादुर प्रधान (रोशन) निर्माता हुन् । फिल्मको पहिलो चरणको छायांकन झापा, इलामसाथै भारतको सिक्किम, दार्जिलिङ, जयगाउ पश्चिम् बङ्गाल लगायतमा गरिएको थियो ।

    फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजवंशी लगायतको अभिनय छ । 

    पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा मित्र प्रधान (नर )को प्रस्तुति रहेको फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । फिल्म मार्फत नेपाली भाषा, साहित्य, कला, यसको इतिहास देखाउन खोजिएको निर्देशक प्रधानले बताए ।

    शिवम् अधिकारीको लेखन रहेको फिल्ममा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व , समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहनेछ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार