शनिबार, जेठ ५ गते २०८१

सेयर बजार दोहोरो अंक बढेको छ

सेयर बजार दोहोरो अंक बढेको छ

अखबार दैनिक
बिहीबार , फागुन २४ २०८०
  • सेयर बजार दोहोरो अंक बढेको छ

    २४ फागुन, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंक बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १३.५१ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २०३० अंकमा कायम भएको छ ।

    images

    कुल १७६ कम्पनीको मूल्य बढ्दा ५९ को घट्यो भने ११ को स्थिर रह्यो । कारोबार रकम भने केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ३ अर्ब १९ करोडमा खुम्चियो ।

    निर्जीवन बीमा समूह र हाइड्रोपावर समूह १ प्रतिशतभन्दा धेरै बढे । बैंकिङ ५, विकास बैंक २९, फाइनान्स ५, हाइड्रोपावर २९, जीवन बीमा ३७, उत्पादन ११, माइक्रोफाइनानस २९, निर्जीवन बीमा १६३ र अन्य समूह ११ अंक बढे । ब्यापार ७ र होटल तथा पर्यटन समूह १२ अंक घटे ।

    पिपुल्स हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । चिरख्वा हाइड्रोपावरको ८.९, मध्यभोटेकोशीको ६, बुद्धभूमि हाइड्रोको ५.९, हाथवे इन्भेस्टमेन्टको ५.६, स्वरोजगार लघुवित्तको ५.६, रावा इनर्जीको ५.४, रिभरफल्स पावरको ५.२ र उन्नती सहकार्यको ४.९ प्रतिशत मूल्य बढ्यो । त्यस्तै सामलिङ पावरको ५, बोटलर्स नेपाल तराईको ४.३, जोशी हाइड्रोपावरको ३.४, दोर्दीखोलाको ३.२ प्रतिशत मूल्य घट्यो ।

    कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी संस्थापक, शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, मोलुङ हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमश अगाडि रहे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार