२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्ने भएका छन् ।
नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्डले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ । यसअघि विपक्षमा रहेका दलहरुले कतिपय विषयमा सरकारको जवाफ मागेका थिए ।
यही फागुन १८ गतेको बैठकमा सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयहरुमा जवाफ दिन सरकारलाई फागुन २१ गतेको दिन नै तोकेर रुलिङ गरेका थिए । फागुन २१ गते स्थगित भएको बैठक बिहीबार बस्दैछ ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्रीले शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिन लागेका हुन् ।