शनिबार, जेठ ५ गते २०८१

नेपाली बजारमा सुनको मूल्यले बनायो अर्को रेकर्ड

नेपाली बजारमा सुनको मूल्यले बनायो अर्को रेकर्ड

अखबार दैनिक
बिहीबार , फागुन २४ २०८०
  • नेपाली बजारमा सुनको मूल्यले बनायो अर्को रेकर्ड

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी छ । सुनको मूल्यले आज सबैभन्दा बढी मूल्यको अर्को रेकर्ड छोएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला दिन दैनिक आकाशिएको सुनको मूल्य बिहीबार प्रतितोला १५ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार र तेजावी सुन प्रतितोला एक लाख २४ हजार ४ सय कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख २३ हजार पाँच सय र तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै बिहीबार चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । प्रतितोला पाँचले घटेर बिहीबार चाँदी एक हजार चार सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार