काठमाडौं । बुधबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेसँगै सिंहदरबारमा पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले नेपालले कूटनीतिक शिष्टतामा ध्यान दिन आवश्यक रहेको धारणा राखे ।
उनले दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ गर्न, उन्नत बनाउने प्राथमिकताका साथ काम गर्ने बताए । सबै मित्रराष्ट्रसँगको सम्बन्ध मैत्रीपूर्ण बनाउने कुरामा आफ्नो भूमिका रहने श्रेष्ठको भनाइ छ । उनले वैदेशिक रोजगारीमा रहेका सबै नेपालीहरुको रक्षा गर्नेकुरा आफ्नो कार्यभारका रुपमा लिएको बताए ।