शनिबार, वैशाख २२ गते २०८१

फागुन २५ देखि चितवनमा ‘नवौँ नेपाल फर्मा एक्स्पो’ हुने

फागुन २५ देखि चितवनमा ‘नवौँ नेपाल फर्मा एक्स्पो’ हुने

अखबार दैनिक
बुधबार, फागुन २३ २०८०
  • फागुन २५ देखि चितवनमा ‘नवौँ नेपाल फर्मा एक्स्पो’ हुने

    काठमाडौँ । चितवनमा आगामी शुक्रबारबाट तीन दिने नवौँ नेपाल फर्मा एक्स्पो हुँदैछ । नेपाली औषधि उद्योग संघ (एपोन)ले चितवनमा फागुन २५ देखि २७ गतेसम्म सो फर्मा एक्स्पो संचालन गर्न लागेको हो । 

    images

    सो एक्स्पोमा १६० भन्दा बढी स्टल राखिने संघ (एपोन)का महासचिव सुर्दशन खेगुलीले बताए । सो एक्स्पोको मुख्य उद्देश्य नेपाली औषधिलाई चिनाउने रहेको उल्लेख गरे । 

    नेपाली उद्योगले गुणस्तर, असरदार र सस्तोमा औषधि उत्पादन गर्दछन् भनेर सर्वसाधारणलाई जानकारी दिनका सो एक्पो आयोजना गरिएको उनको भनाई छ । उनले हरेक दुई\दुई बर्षमा एक्स्पो गर्दैआएको सुनाए । उनका अनुसार नेपालमा करिब ८४ वटा औषधि उद्योग छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार