सोमबार, वैशाख २४ गते २०८१

पाकिस्तानमा शिक्षकद्वारा आफ्नै छात्रालाई एसिड प्रहार

पाकिस्तानमा शिक्षकद्वारा आफ्नै छात्रालाई एसिड प्रहार

अखबार दैनिक
सोमबार, फागुन २१ २०८०
  • पाकिस्तानमा शिक्षकद्वारा आफ्नै छात्रालाई एसिड प्रहार

    पाकिस्तानको कराँची सहरमा एक शिक्षकले आफ्नै विद्यार्थीमाथि एसिड प्रहार गरेका छन् ।  सो घटनामा विद्यार्थी गम्भिर जलेका छन् र उनलाई अस्पताल भर्ना गरिएको छ । आरोपित शिक्षक भने पक्राउ परेका छन् ।

    images

    प्रहरीका अनुसार कक्षामा केही विषयलाई लिएर शिक्षक र छात्राबीच झगडा भएको थियो । यसबाट शिक्षक निकै रिसाएर बदला लिने नियतले एसिड प्रहार गरे थिए । 

    घटना शनिबार भएको र आइतबार प्रहरीले यसबारे जानकारी गराएको थियो । कराँचीको पोश क्षेत्र निपा चौरङ्गीमा एउटा विद्यालय छ, अलिशा नामकी ती विद्यार्थी त्यहाँ पढ्छिन् । शनिबार कक्षामा शिक्षक इफ्तिखारसँग उनको झगडा भएको थियो ।


    स्कुल सकिएपछि अलिशाका दुई मामा उनलाई लिन स्कुल आए । इफ्तिखार विद्यालयबाहिर एक ठाउँमा एसिड प्रहार गरी उभिएका थिए । उनले पहिले अलिशासँग झगडा गरेपछि उनीमाथि एसिड हाने । अलिशाका मामाले उनलाई रोक्न खोजे तर उनीहरू शिक्षकले हानेको एसिडबाट जल्न पुगे ।

    घटना लगत्तै आरोपी इफ्तिखार पक्राउ परेका थिए । अलीशा हाल कराँचीको एक अस्पतालमा भर्ना छिन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ