सोमबार, मंसिर ३ गते २०८१

पानीमा रुझ्दै महानगरविरुद्ध कवाडी व्यवसायीको प्रदर्शन

पानीमा रुझ्दै महानगरविरुद्ध कवाडी व्यवसायीको प्रदर्शन

अखबार दैनिक
आइतबार, फागुन २० २०८०
  • पानीमा रुझ्दै महानगरविरुद्ध कवाडी व्यवसायीको प्रदर्शन

    २० फागुन, काठमाडौं । पानीमा रुझ्दै काठमाडौं महानगरपालिका विरुद्ध कवाडी व्यवसायीहरुले प्रदर्शन गरेका छन् । करिब एक सातादेखि आन्दोलित कवाडी व्यवसायीहरूले आइतबार पानीमा रुझ्दै आफ्नो आन्दोलनलाई जारी राखेका हुन् । उनीहरूले महानगरपालिकाको पुरानो कार्यालय रहेको बागदरबार अगाडि प्रदर्शनसहित नाराजुलुस गरेका हुन् ।

    images

    कवाडी व्यवसायीहरुले ‘फोहोर उठाउनेलाई सम्मान गर, कवाडमाथि डोजर चलाउन बन्द गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।  कवाडी व्यवसायी माथि महानगरपालिकाले दमन गरेको भन्दै उनीहरुले विरोध र्‍याली गरेका हुन् ।

    kabadi-protest_ktm-5.jpg

    काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कतै पनि कवाडी व्यवसाय सञ्चालन गर्न नदिने भन्दै कवाडी संकलन केन्द्रका लागि बनाएको टहरामा डोजर चलाइरहेको छ ।

    महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार महानगर क्षेत्रभित्र मात्रै करिब १५ भन्दा बढी कवाडी संकलन केन्द्रमा डोजर चलाइसकेको छ ।

    अहिले काठमाडौंको मात्रै नभएर ललितपुर, भक्तपुर, कीर्तिपुर लगायत क्षेत्रका कवाडी व्यवसायीले पनि महानगरविरुद्ध आन्दोलन गरिरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ