सोमबार, वैशाख २४ गते २०८१

छोराको विवाहमा १ हजार करोड खर्च गर्दै अम्बानी

छोराको विवाहमा १ हजार करोड खर्च गर्दै अम्बानी

अखबार दैनिक
आइतबार, फागुन २० २०८०
  • छोराको विवाहमा १ हजार करोड खर्च गर्दै अम्बानी

    एजेन्सी \ मुम्बई । भारतको सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानीका छोरा अनन्त अम्बानी चाँडै राधिका मर्चेन्टसँग विवाह गर्न लागेका छन् । दुई जानको प्रि–वेडिङ सेरेमनी १ मार्चदेखि गुजरातको जामनगरमा सुरु हुनेछ ।

    images

    विवाहमा बिल गेट्स, मार्क जकरबर्गजस्ता अन्तर्राष्ट्रिय हस्तीदेखि बलिउड सेलिब्रेटीहरुको जमघट हुनेछ । भारतीय मिडियाको रिपोर्टअनुसार अनन्त–राधिकाको विवाहमा करिब १ हजार करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

    यसअघि मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाहमा ४ सय करोड भारु खर्च भएको थियो । ईशाले विवाहमा ९० करोड भारतीय रुपैयाँ बराबरको लहेङ्गा लगाएर विश्व कीर्तिमान नै बनाएकी थिइन् । जबकि बलिउड अभिनेत्री दीपिका पादुकोण र अनुस्का शर्माको विवाहको कूल खर्च ९०–९५ करोड भारु थियो ।

    यसअघि प्रियंका चोपडाले निक जोनससँग विवाह गर्दा १५ करोड भारुको लुगा लगाएर सबैलाई चकित बनाएकी थिइन् । बलिउड महँगो विवाहका लागि चिनिन्छ । तर, बलिउडका शीर्ष पाँच विवाहमा लागेको खर्च बराबर अम्बानीले एउटै विवाहमा खर्च गर्ने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ