सोमबार, मंसिर ३ गते २०८१

राष्ट्रिय सभा अध्यक्ष सहित २० सदस्यको आज बिदाइ

राष्ट्रिय सभा अध्यक्ष सहित २० सदस्यको आज बिदाइ

अखबार दैनिक
आइतबार, फागुन २० २०८०
  • राष्ट्रिय सभा अध्यक्ष सहित २० सदस्यको आज बिदाइ

    काठमाडौं, २० फागुन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदहरुको पदावधि आज सकिएको छ ।

    images

    रिक्त २० मध्ये १९ जना सदस्य गत माघ ११ मा सम्पन्न निर्वाचनबाट चुनिएका छन् भने एक जना मन्त्रिपरिषदको सफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

    राष्ट्रिय सभाको कार्यकाल सकिएकाहरुको विदाइ र नवनिर्वाचित सदस्यहरुको स्वागत कार्यक्रम आज हुँदै छ । विदाइ र स्वागतको अनौपचारिक कार्यक्रम बेलुका साढे ६ बजे सिंहदरबार नजिकैको बुटिक होटेल बसेरामा आयोजना गरिएको बताइएको छ ।

    नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण भने सोमबार बिहान साढे १० बजे संसद भवनको ल्होत्से हलमा हुने भएको छ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छिन् ।

    २०७४ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएर ६ वर्ष कार्यकाल पूरा गरेर विदा हुनेहरुमा सबैभन्दा धेरै नेकपा एमालेका ९ जना सदस्यहरु छन् । उनीहरुमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल (पार्वती), कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई छन् । यस्तै, एमालेकै कोटामा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको कार्यकाल पनि आज सकिएको छ ।

    त्यस्तै नेपाली कांग्रेसका रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ गरी चार सांसदहरू पनि राष्ट्रिय सभाबाट बिदा भएका छन् । माओवादी केन्द्रका खिमलाल देवकोटा, विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा विदा भएका छन् ।

    नेकपा एकीकृत समाजवादीका नन्दा चापाई, सिंगबहादुर विश्वकर्मा र जसपाकी प्रमिला कुमारी पनि राष्ट्रिय सभा सदस्यबाट विदा भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ