शनिबार, जेठ ५ गते २०८१

एकैदिन २ हजार बढ्यो सुनको भाउ

एकैदिन २ हजार बढ्यो सुनको भाउ

अखबार दैनिक
आइतबार, फागुन २० २०८०
  • एकैदिन २ हजार बढ्यो सुनको भाउ

    २० फागुन, काठमाडौं । आइतबार एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको हो ।

    images

    अन्तर्राष्ट्रिय बजारको कारोबारमा शुक्रबार मूल्य उच्च दरमा बढ्दा आइतबार नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ । शनिबार सार्वजनिक विदा हुने भएकाले त्यस दिन सुनको मूल्य समायोजन गरिँदैन । विगत केही दिनदेखि सुनको मूल्य बढिरहेको छ ।

    फागुन ३ गते नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य पनि आइतबार तोलाको २० रुपैयाँ बढेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ३९० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४१० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार