शनिबार, जेठ ५ गते २०८१

हङकङमा हुने टी-२० त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिम घोषणा

हङकङमा हुने टी-२० त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिम घोषणा

अखबार दैनिक
आइतबार, फागुन २० २०८०
  • हङकङमा हुने टी-२० त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिम घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने टी-२० त्रिकोणात्मक सिरिज खेल्ने टिमको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरिएको हो ।क्यानले हङकङमा खेल्ने टिममा सोमपाल कामी, आसिफ सेख, कुशल मल्ल र ललित राजवंशीलाई बाहिर राखेको छ भने विनोद भण्डारी, लोकेश बम, आकाश चन्द र रशिद खानलाई समावेश गरिएको हो ।

    images

    नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, रशिद खान, करण केसी, सागर ढकाल, प्रतिशस जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन् ।

    नेपालले मार्च ९ देखि १३ मार्चसम्म हङकङ, नेपाल र पपुवान्यूगिनीसम्मिलित टी(२० सिरिज खेल्दै छ । त्रिकोणात्मक टी-२० सिरिजमा मार्च १० मा हङकङ र नेपाल खेल्ने छन् भने मार्च १२ मा दुई खेल हुने छन् । मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् । 

    मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए’सँग तेस्रो स्थानको लागि खेल्ने छ । सिरिजअघि हङकङ र नेपाल बीच मार्च ९ मा फ्रेन्डसिप कप हुने हङकङ क्रिकेट बोर्डले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार