सोमबार, मंसिर ३ गते २०८१

एकै विषयमा सभामुखको ६ पटक रुलिङ : २१ गतेको बैठकमा जवाफ दिनू

एकै विषयमा सभामुखको ६ पटक रुलिङ : २१ गतेको बैठकमा जवाफ दिनू

अखबार दैनिक
शुक्रबार, फागुन १८ २०८०
  • एकै विषयमा सभामुखको ६ पटक रुलिङ : २१ गतेको बैठकमा जवाफ दिनू

    काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारलाई एउटै विषयमा छैटौँ पटक जवाफ दिन रुलिङ गरेका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरूले बालकुमारी लगायतका घटनाबारे उठाएका विषयमा सरकारले जवाफ नदिएको भन्दै सरकारलाई जवाफका लागि रुलिङ गर्न माग गरेपछि सभामुख घिमिरेले सरकारलाई शुक्रबार छैठौंपटक रुलिङ गरेका हुन् । त्यसक्रममा सभामुख घिमिरेले २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन दिए । 

    images

    ‘यसअघिका बैठकहरूमा सरकारलाई बैठकमा उपस्थित भई जवाफ दिन स्पष्ट निर्देशन गरिसकिएको ब्यहोरा जानकारी गराउँछु । म यसलाई फेरि भन्छु । आजको बैठकमा पनि सदस्यहरूले सरकारको जवाफ माग गर्नुभएको छ । आज र यसअघि उठेका विषयहरूमा सभाको मिति २०८० फागुन २१ गते बस्ने बैठकमा उपस्थित भई जवाफ दिन नेपाल सरकारलाई म निर्देश गर्दछु’, सभामुख घिमिरेको रुलिङ छ । सभामुखको यस्तो रुलिङपछि मात्र विपक्षी सांसदहरू आसनमा बसेका थिए । 

    विपक्षी दलहरूले ६ फागुनयता बालकुमारी घटना, मिटरब्याज र सहकारी पीडितको आन्दोलनलगायतका विषयमा सरकारको जवाफ माग्दै आएका छन् ।

    १४ फागुनको बैठकमा सभामुखले आगामी बैठकमा जवाफ दिन रुलिङ गरेका थिए । तर, शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भएपछि एमाले सांसद सूर्यबहादुर थापाले प्रधानमन्त्रीको खोजी गर्दै जवाफ आउनुपर्ने बताए । यसअघि सभामुखले फागुन ६गतेपछिका सबै बैठकमा सभामुखले सांसदहरूले उठाएका विषयमा सरकारलाई जवाफ दिन रुलिङ गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ