काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको खोजी गरेको छ । प्रतिनिधिसभाको बैठकमा एमाले सांसद सूर्य थापाले सभापतिले संसद्मा उठाएका विषयमा जवाफ दिन पटकपटक रुलिङ गर्दा पनि बेवास्ता गरेको आरोप लगाए ।
उनले सरकार संसद्प्रति जवाफदेही बनेको आरोप लगाए । उनले बालकुमारी घटनामा सरकारी आयोगले नै दोषी देखिएका मन्त्रीलाई बर्खास्ता गर्न कसले रोक्यो ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘सरकार जवाफदेही भएन सरकार हरायो, प्रधानमन्त्री हराउनुभयो । प्रधानमन्त्रीको खोजी गर्नुपर्यो । प्रधानमन्त्री खोज्न संसदले एउटा उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि ? संसद् स्थगित गर्नुपर्ने हो कि ? कति दिन चाहिने ?’