सोमबार, मंसिर ३ गते २०८१

शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति

शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति

अखबार दैनिक
बिहीबार , फागुन १७ २०८०
  • शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । हाँस्य कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

    images

    आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने वाइबालाई जिल्ला अदालत, काठमाडौंले उक्त कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको हो । शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर प्रहरीले ल्याएको थियो ।

    घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै खतिवडाले जाहेरी दिएका थिए । पक्राउ परेपछि आफूले कुटपिट नगरेको दाबी वाइबाले गरेकी छन् ।

    यद्यपि, उनीविरुद्ध अन्य केही व्यक्तिले पनि मौखिक रुपमा थप उजुरी दिएको एक अधिकृतले बताए । जाहेरी परे उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा पनि अनुसन्धान हुनसक्ने ती अधिकृतले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ