बिहीबार , वैशाख २७ गते २०८१

भारतीय अभिनेत्री दीपिका पादुकोण आमा बन्दैँ

भारतीय अभिनेत्री दीपिका पादुकोण आमा बन्दैँ

अखबार दैनिक
बिहीबार , फागुन १७ २०८०
  • भारतीय अभिनेत्री दीपिका पादुकोण आमा बन्दैँ

    काठमाडौं । भारतीय अभिनेत्री दीपिका पादुकोण आमा बन्न लागेकी छिन् । अभिनेत्री आफैँले उनी गर्भवती भएको घोषणा गरेकी हुन् । दीपिकाले रणवीर सिंहलाई ट्याग गर्दै  इन्स्टाग्राम एउटा पोस्ट गरेकी छिन् ।  जसमा बच्चाको कपडा,  जुत्ता, खेलौनाहरुले  २०२४ सेप्टेम्बरलाई घेरिएको छ  । अर्थात्  सेप्टेम्बरमा दीपिका रणवीरको पहिलो सन्तानको जन्म हुनेछ ।

    images

    दीपिकाको यो पोस्टमा फ्यान देखि सेलिब्रेटीहरुसम्म धेरैले बधाई तथा शुभकामना दिइरहेका छन् । कयौँ दिनदेखि दीपिका गर्भवती रहेको चर्चा भने चलिरहेको  थियो ।  दीपिका र रणवीर सिंहले सन् २०१८ मा इटलीमा बिहे गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ