काठमाडौँ । नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार ०.८७ अंकले घटेको शेयर बजार २०००.७७ विन्दुमा पुगेर बन्द भएको छ ।
यस दिन ३०८ कम्पनीको ८१ लाख १५ हजार ६५८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँको कारोबार भएको छ । यस दिन ७१ कम्पनीको शेयर मूल्य बढ्दा १७० कम्पनीको शेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको स्थिर छ ।