सोमबार, मंसिर ३ गते २०८१

मेयर बालेनले टर्चर दिएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको आरोप

मेयर बालेनले टर्चर दिएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको आरोप

अखबार दैनिक
बुधबार, फागुन १६ २०८०
  • मेयर बालेनले टर्चर दिएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको आरोप

    काठमाडौं । मेयर बालेन शाहले टर्चर दिएको र विनाकारण जिम्मेवारीविहीन बनाएको भन्दै काठमाडौं महानगरपालिकाकी एक कर्मचारीले कानूनी र पेशागत लडाइँ सुरू भएको घोषणा गरेकी छन् ।

    images

    काठमाडौं महानगरपालिकामा कार्यरत आठौं तहकी वरिष्ठ कानून अधिकृत हरिमाया घिमिरे (सस्मिता) ले लामो समयदेखि मेयर बालेन शाहको प्रशासनमा विनाकारण जिम्मेवारीविहीन बनाएर राखिएको र कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिइएको आरोप लगाएकी छन् ।

    उनले बुधबार वक्तव्य जारी गर्दै आफू क्यान्सर सर्भाइभर रहेको र लोकसेवा पास गरेको राष्ट्रसेवक भएको भन्दै मेयर बालेनले बाहिरका आफूनिकट वकिललाई अनियमित ढंगले पैसा खर्च गरेर करारमा राखी, महानगरका कर्मचारीलाई जिम्मेवारीविहीन बनाएको आरोपसमेत लगाएकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ