सोमबार, मंसिर ३ गते २०८१

यो शनिवार काठमाडौंको बौद्धमा भिगन खाना महोत्सव

यो शनिवार काठमाडौंको बौद्धमा भिगन खाना महोत्सव

अखबार दैनिक
बुधबार, फागुन १६ २०८०
  • यो शनिवार काठमाडौंको बौद्धमा भिगन खाना महोत्सव

    अन्य वर्षहरूझैं यो वर्ष पनि काठमाडौंमा विशुद्ध शाकाहारी (माछामासु मात्रै होइन, दहीदुध घिउ पनिरसमेत प्रयोग नहुने शाकाहारी) खाना महोत्सव हुँदैछ। पशु कल्याणसम्बन्धी कार्य गर्ने उद्देश्यले वि.सं २०७२ (सन्२०१५) मा ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं २१ मा स्थापित स्नेहाज केयरले यो कार्यक्रम संचालन गर्न लागेको हो। 

    images

    यस संस्थाले सन् २०१८ देखि वनस्पतिमा आधारित आहार (भिगन डाइट) को उपभोगले व्यक्तिको स्वास्थ्य साथै पर्यावरणका लागि पनि फाइदाजनक र पशु कल्याणमा पनि टेवा पुग्ने हुँदा, यससम्बन्धी जनचेतना मूलक कार्यक्रमहरू पनि गर्दै आइरहेको छ।शनिबार काठमाडौँको बौद्धअवस्थित उत्पला क्याफेको प्राङ्गणमा भिगन खाना महोत्सव आयोजना हुनेछ । यस कार्यक्रमको उद्देश्य वनस्पतिमा आधारित परिकारहरूको प्रचार प्रसार गर्ने साथ साथै वनस्पतिमा आधारित जीवन शैलीलाई प्रवर्द्धन गर्नु रहेको स्नेहाज केयरले जनाएको छ । यस महोत्सवमा वनस्पतिमा आधारित खानाको परिकार, र सामाग्रीको प्रदर्शन, साथ साथै बिक्री वितरण हुने हुँदा भिगन रेस्टुरेन्ट, भिगन सामाग्रीहरूको विक्रेताहरुलाई स्टल राख्नेछ । 

    यस महोत्सवलाई भव्य बनाउन लाइभ म्युजिक, नृत्य प्रस्तुति, वृत्तचित्र स्क्रिनिङ, बालबालिकाका निम्ति प्रतिस्पर्धात्मक खेल लगायत पनि आयोजना हुनेछ ।  कार्यक्रमका निम्ति ग्रासरूट मुभमेन्ट इन र नेपाल होमस्टे टुरिजम् सर्भिसेजसँग सहकार्य गरिएको छ भने वृत्तचित्र स्क्रिनिङको प्रायोजकको भूमिका भिगन ट्राभल एसिया र भेज भोयजेज फाउन्डेसनले निर्वाह गरेको छ । अन्य कार्यक्रमका निम्ति थ्राइभ फिलान्थ्रोपीले आर्थिक सहयोग प्रदान गरेको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ