बुधबार, वैशाख १९ गते २०८१

भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति : ओली

भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति : ओली

अखबार दैनिक
मंगलबार, फागुन १५ २०८०
  • भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गिय भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

    images

    सोमवार निधन भएका आचार्यको पार्थिव शरीर मंगलवार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेको उनले यस्तो बताएका हुन् ।

    नेपाली सांगीतिक जगतका सुविख्यात नक्षत्रको क्षति भएको ओलीले बताए । उनले स्व. आचार्यले नेपाली भजनलाई नयाँ आयाम दन सफल व्यक्तिको रुपमा चिन्ने गरेको पनि बताए ।

    भजन शिरोमणिको उपाधिबाट विभूषित आचार्य जनस्तरमा लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र संगीत, गायनको क्षेत्रमा असाधारण योगदान पुर्याएको अध्यक्ष ओलीको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ