बिहीबार , वैशाख २७ गते २०८१

सुटिङमा फर्किए मिथुन चक्रवर्ती

सुटिङमा फर्किए मिथुन चक्रवर्ती

अखबार दैनिक
शुक्रबार, फागुन ११ २०८०
  • सुटिङमा फर्किए मिथुन चक्रवर्ती

    एजेन्सी \नयाँ दिल्ली । दिग्गज बलिउड अभिनेता मिथुन चक्रवर्ती काममा फर्किएका छन् । उनले चलचित्र शास्त्रीको छायाङ्कन पुनः सुरु गरेका छन् । मिथुनलाई भेट्न फिल्मको सेटमै पुगेका फिल्म निर्माता मधुर भण्डारकरले यो जानकारी भिडियोमा सेयर गरेका हुन् । शेयर गरिएको भिडियोमा मिथुन निकै स्वस्थ देखिएका छन् ।

    images

    फेब्रुअरी १० को बिहान छाती दुख्न थालेपछि उनलाई कोलताकाको एपोलो अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरहरूले जारी गरेको स्वास्थ्य अपडेटमा अभिनेतालाई ब्रेन स्ट्रोक (इस्केमिक सेरेब्रोभास्कुलर एक्सिडेन्ट) भएको बताइयो । स्वास्थ्यमा सुधार आएपछि उनलाई गत फेब्रुअरी १३ गते अस्पतालबाट डिस्चार्ज गरियो ।

    मिथुन दालाई भेट्न सेटमा आएका थिए मधुर भन्डारकर
    मधुर भण्डारकरले मिथुन दासँग फिल्मको सेटमा केही समय बिताएका थिए । उनले पछि आफूहरूबिच भेटघाट भएको बेलाको भिडियो फ्यानहरूसँग शेयर गरेका थिए । ‘म शास्त्रीको सेटमा कोलकातामा छु र म मिथुन चक्रवर्ती अर्थात् मिथुन दासँग छु ।’ उक्त भिडियोमा मधुरले भनेका छन् ।

    ‘म यिनलाई (मधुर) सानैदेखि चिन्छु । यिनी भिडियो क्यासेट बेच्ने गर्दथे । ‘मधुर मलाई यो क्यासेट चाहिएको छ ।’ मेरी श्रीमती यिनलाई फोन गरेर भन्ने गर्थिन । त्यसपछि मधुर क्यासेट लिएर घर पुग्थे ।’ मधुरको अभिव्यक्ति सुनेर मिथुनले भनेका छन् । ‘अब हेर्नुहोस् त यस व्यक्तिले छ पटक राष्ट्रिय पुरस्कार जितेको छ । यो तब मात्र सम्भव छ जब तपाईँको सपना साँचो हुन्छ । तपाईँको सपना साकार हुनै पर्छ भनेर म सधैँ मानिसहरूलाई भर्ने गर्छु ।’ उनले भनेका छन् ।

    मधुरले सामाजिक सञ्जालमा मिथुनसँगको केही तस्बिर पनि सेयर गरेका छन् । तस्बिरसँगै उनले क्याप्सनमा लेखेका छन्, ‘मैले मिथुन दालाई कोलकातामा भेटेँ र सेटमा उनको स्वास्थ्य राम्रो देखेर खुसी छु । मिथुन दासँग मेरो सम्बन्ध भिडियो क्यासेट बेच्ने समयदेखिको हो । उहाँ सधैँ प्रेरणा दिइरहनु हुन्छ ।’

    स्वास्थ्यप्रति लापरबाही गरेको भन्दै प्रधानमन्त्री मोदीले गरेका थिए मिथुनलाई गाली
    अस्पतालबाट डिस्चार्ज भए लगत्तै मिथुन चक्रवर्तीले आफ्नो स्वास्थ्यप्रति लापरवाह रहनुको सजाय मिलेको बताएका थिए । ‘म राक्षसले जस्तै गरी खान्थे त्यसैले मलाई यस्तो भयो । हरेकलाई मेरो सल्लाह यही छ कि आफ्नो खानपानमा नियन्त्रण राखौँ ।’ आफूलाई अरू कुनै समस्या नभएको अनि  खानपानमा मात्र नियन्त्रण गर्नुपर्ने बताउँदै अस्पतालबाट डिस्चार्ज भएकै बेलामा मिथुनले भोलिदेखि नै काममा फर्कने बताएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत मिथुनलाई फोन गरेर आफ्नो स्वास्थ्यको ख्याल नगरेको भन्दै गाली गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ