शनिबार, जेठ ५ गते २०८१

वाफ च्याम्पियनसिप : आज नेपालले इराकको सामना गर्दै

वाफ च्याम्पियनसिप : आज नेपालले इराकको सामना गर्दै

अखबार दैनिक
बिहीबार , फागुन १० २०८०
  • वाफ च्याम्पियनसिप : आज नेपालले इराकको सामना गर्दै

    पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज समूह ‘बी’ को नेपालले दोस्रो खेलमा इरानसँग खेल्दैछ ।

    images

    खेल साउदी अरेबियाको जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

    नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले हराउँदै महत्वपूर्ण ३ अंक हासिल गरेको थियो । इराक भने पहिलो खेलमा प्यालेस्टाइनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

    यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइ रहेका छन् । नेपाल रहेको समूह ‘बी’ मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समुह ‘ए’ मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् ।

    यस्तै, आज समूह ‘बी’ अन्तर्गत सिरिया र प्यालेस्टाइनबीचको खेल पनि हुँदैछ । नेपालले समूह चरणको अन्तिम खेल आगामी शनिबार प्यालेस्टाइनसँग खेल्ने छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार